logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • लुम्बिनीमा जसपाका चार सांसद् पदमुक्त

    लुम्बिनीमा जसपाका चार सांसद् पदमुक्त

    6.3K
    Shares

    काठमाडाैं । लुम्बिनी प्रदेश सभामा जसपाबाट प्रतिनिधित्व गर्ने चार सांसद् पदमुक्त भएका छन् ।

    प्रदेश सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी, र कल्पना पाण्डेयलाई पार्टीको सदस्यबाट निस्काशन गरेको सूचना जसपाले प्रदेश सभा सचिवालयमा बुझाएको थियो । बिहीबार एक विज्ञप्ति जारी गरी लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभ कुमार पुन मगरले चारैजना सांसदलाई पदमुक्त गरिएको जानकारी गराए ।

    चारै जना सांसदहरुसमेत भइ वैशाख ६ गते मुख्यमन्त्री शंखर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

    उक्त प्रस्ताव दर्ता भएको केही घण्टामै उनीहरुले मन्त्री पदको शपथ लिएका थिए। जसपाले पार्टी निर्णयअनुसार मन्त्री पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावको पक्षमा उभिन निर्देशन दिए पनि अस्वीकार गरेपछि पार्टीले कारबाही गरेको हो ।

    पदमुक्त गरिएका सांसद सन्तोषकुमार पाण्डेयलाई पोखरेल क्याबिनेटमा भौतिक पूर्वाधार विकास मन्त्रालय, विजयबहादुर यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कल्पना पाण्डेयलाई शिक्षा तथा समाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो । त्यस्तै  सुमन शर्मा रायमाझीले भौतिक पूर्वाधार राज्य मन्त्रीको जिम्मेवारी पाएका थिए ।

    Lumbini 1.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend