सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

लुम्बिनीका सभामुखलाई ठाकुरको पत्र : जसपा सांसदमाथि कारवाही भएको छैन

लुम्बिनीका सभामुखलाई ठाकुरको पत्र : जसपा सांसदमाथि कारवाही भएको छैन

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशसभा सभामुखलाई पत्र पठाएर प्रदेशसभा सदस्यहरूलाई कुनै कारवाही नभएको स्पष्ट पारेका छन् ।

बिहीवार प्रदेशसभा सचिवालय जसपाका ४ सांसदलाई पार्टी कार्यकारिणी समितिले पार्टी सदस्यबाट निष्कासन गरेको व्यहोरासहित सूचना टाँस गरेको थियाे ।

याे पनि : लुम्बिनीमा जसपाका चार सांसद् पदमुक्त

यसअघि सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्कासन गरिएको सूचना बिहीवार प्रदेशसभा सचिवालयले प्रकाशित गरेको थियाे । तर अध्यक्ष ठाकुरले  प्रदेशसभा सदस्यमाथि कुनै पनि किसिमकाे कारबाही नभएकाे बताएका छन् । 

अब कस्को पत्र आधिकारिक भन्ने विवाद हुने भएको छ । एमालेलाई प्रदेशदेखि संघसम्म सहयोग गर्ने किन गर्ने भन्ने विषयमा जसपा विभाजित छ ।

jasapa-thakur-letter.jpg

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend