शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

आजदेखि उपत्यकाको निषेधाज्ञामा थप कडाइ

आजदेखि उपत्यकाको निषेधाज्ञामा थप कडाइ

काठमाडौं । कोरोना संक्रमित बढ्दै जाँदा पनि सडकमा सर्वसाधारणको चाप उस्तै भएपछि आजदेखि उपत्यकामा निषेधाज्ञा थप कडाइ गरिने प्रहरीले जनाएको छ । 

शुक्रबारदेखि सहरभित्रको निषेधाज्ञामा कडाइ गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बताए । ‘पहिलो दिन भएर सवारीसाधनलाई केही लुज गरिएकै हो । तर, शुक्रबारबाट त्यस्तो हुँदैन । हामीले कडाइका साथ निषेधाज्ञा कार्यान्वयन गर्छौँ । सरकारको निर्देशन कडाइका साथ पालना हुनेछ । जसले उल्लंघन गर्छ त्यसलाई कानुनअनुसार कारबाही हुनेछ,’ उनले भने ।

सरकारले बिहीबारदेखि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लागू गरेको छ । तर, पहिलो दिन उल्लंघन गर्ने धेरै देखिएका छन् । विशेष गरी सहरका चोकहरूमा सवारीसाधनको बाक्लो चाप देखिएको छ । नयाँ बानेश्वर, कलंकी, थापाथली, सहिदगेट, महाराजगन्ज, नागढुंगा, कोटेश्वर, चाबहिललगायतका चोकमा त बिहान १० बजे र साँझ पाँच बजेको आसपास ट्राफिक जाम नै भयो । 

प्रहरीका अनुसार निषेधाज्ञा उल्लंघन गर्ने सर्वसाधारणलाई कारबाही गरिनेछ । सरकारले तोकेका सवारीसाधनको आउजाउमा मात्रै छुट हुनेछ । मास्क नलगाई सडकमा निस्कनेको हकमा प्रहरी झन् कडाइका साथ उत्रने एसएसपी सिंहले बताए । 

प्रहरीले निषेधाज्ञा उल्लंघन गर्नेलाई पक्राउ गरेर थुन्ने मात्र होइन, सम्झाइबुझाई मास्क नै लगाइदिएर बिदाइ पनि गर्ने गरेको छ । यसका लागि प्रत्येक बुथमा मास्क राखिएका छन् । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend