सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार

पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार

काठमाडाैं । काेराेना संक्रमित पूर्व रानी काेमल शाहकाे प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएकाे छ । यो विधिबाट बिहीबार साँझदेखि उपचार थालिएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ ।

उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमि देखिएपछि बुधबार साँझदेखि आईसीयूमा सारिएको थियो । शुक्रबार पनि उनलाईहाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।

अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनलाई पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा राखिएको छ ।

कोरोना संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल वैशाख ७ गते नर्भिक अस्पताल भर्ना भएका थिए । उनीहरूसँगै छोरी प्रेरणा शाह पनि अस्पताल भर्ना भएकी थिइन् । उनकाे अवस्था सामान्य रहेकाे अस्पताल स्राेतले जनाएकाे छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend