
जाजरकोट। जाजरकोटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
छेडागाड नगरपालिका-१२ बस्ने २७ वर्षीय गणेश बुढाको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको हो।
शिवालय गाउँपालिका-१ स्थित वडा कार्यालयको लागि काठ चिरेर सामान राख्नको लागि सोही ठाउँस्थित घुम्ती पसलमा जाने क्रममा चट्याङ लाग्दा उनको मृत्यु भएको जाजरकोट प्रहरीले जानकारी दिएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend