
काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले कोरोना माहामारी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षणसहित ६ बुँदामा सुझाव दिएका छन् । शर्माले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारलाई सुझाव दिएका हुन् ।
उनले काेभिडले नेपालमा पनि गम्भीर समस्या उत्पन्न भएकाेमा चिन्ता पनि ब्यक्त गरेका छन् ।
शर्माले डाक्टर तथा स्वास्थ्यकर्मीहरुले उपचारमा महत्त्वपूर्ण भूमिका खेलिरहेको भए पनि कतिपय क्षेत्रमा डाक्टर र स्वास्थ्यकर्मीहरुलाई सक्रिय बनाउन आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।
यस्ता छन् शर्माका ६ सुझाव :
१) देश भरका सरकारी तथा नीजि सबै अस्पताल संग भएको उपचार क्षमताको आकलन गर्ने । अस्पतालका सञ्चालक तथा डाक्टरहरुसँग सहकार्य गरि ७० प्रतिशत कोभिड उपचारको लागि छुट्याउने ।
२) अक्सिजन प्लान्टहरु सुचारु गर्ने, सुचारु नभएका भए राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको सहयोगमा सञ्चालन तथा मर्मत गर्न ।
३) महामारीलाई ध्यान दिई अक्सिजन र सम्बन्धित औषधि सरकारले सबै जिल्ला अस्पतालमा पठाउने । सबै पालिकाहरुमा सामान्य बिरामीको अक्सिजन सहितको उपचारको व्यवस्था गर्न आवश्यक बजेट पठाउने ।
४) देशभर उपलब्ध डाक्टरहरुले संख्या कति छ एकिन गरि कर्णाली,सुप जस्ता दुर्गम क्षेत्र सहितका सबै आवश्यक स्थानमा व्यवस्थापन गर्ने ।
५) आइसियु डकुमेन्ट, अक्सिजन प्लान्ट लगायतका इक्युपमेन्टहरु हवाई मार्ग मार्फत तत्काल ल्याइ महामारी नियन्त्रणमा प्रयोग गर्ने सक्ने वातावरण बनाउने ।
६) महामारीको जोखिम मोलि काम गर्ने डाक्टर लगायत जोखिमका क्षेत्रहरुमा काम गर्ने सबैका लागी १०० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend