सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको ट्युमर निकालियो

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको ट्युमर निकालियो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरिएकाे छ । काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वको टोलीले भट्टराइको शल्यक्रिया गरेको हो ।

भट्टराई पत्नी हिसिला यमीले ट्वीट गरी भट्टराईलाई शल्यक्रियाका लागि बिहान ९ बजे अपरेशन थेटर लगिएको बताएकी थिइन् । शल्यक्रियाका लागि भट्टराई हिजै अस्पताल भर्ना भएका थिए ।

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो । वायोप्सी, डिओटिए परीक्षण, एनओसी परीक्षण तथा पेट सिटिस्क्यानसहित अन्य परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको बताएका थिए । शल्यक्रिया गरेर ट्युमर चाँडै नै फाल्नुपर्ने चिकित्सकले सुझाव दिएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend