
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासनलाई शुक्रबार पत्र लेखेर जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृतरूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज गराउन अनुरोध गरेका हुन् ।
पत्रमा भनिएको छ, ‘जुनसुकै निकायबाट सञ्चालित एम्बुलेन्सहरु जिल्लाभित्र एकीकृतरूपमा परिचालन गरी सेवाग्राहीलाई सहज हुने गरी १०२ नम्बर वा प्रादेशिक स्वास्थ्य आपतलकालिन कार्यसंचालन केन्द्रमार्फत सेवा प्रदान गर्ने व्यवस्था गरिदिनुहुन अनुरोध छ ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend