शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

थुनामा रहेका दीप बस्न्यातद्वारा सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर 

थुनामा रहेका दीप बस्न्यातद्वारा सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यातले थुनामुक्त गरिपाउँ भन्दै सर्वाेच्चमा रिट दायर गरेका छन् । उनले बालुवाटार जग्गा प्रकरणमा आफूविरुद्ध विशेष अदालतले गलत आदेश दिएको भनी सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन् । 

भौतिक पूर्वाधार सचिव भएका बेलामा बस्न्यातले बालुटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन फाइल अघि बढाएकाे उनीमाथि आराेप छ । अख्तियारले उनीविरुद्ध भ्रष्टाचार भएको दाबीसहित मुद्दा दायर गरेको थियो । विशेष अदालतले २०७७ मंसिर २८ गते थुनामा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो ।

बस्न्यातले थुना बाहिर बसेर मुद्दा लड्ने मागगरी यसअघि सर्वाेच्चमा रिट हाले पनि सुनुवाइ भएकाे थिएन । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend