मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

काेभिड नियन्त्रणमा सरकारकाे कामप्रति देउवाकाे असन्तुष्टि, चरम लापरबाहीकाे संज्ञा

काेभिड नियन्त्रणमा सरकारकाे कामप्रति देउवाकाे असन्तुष्टि, चरम लापरबाहीकाे संज्ञा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले काेभिड नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेकाे बताएका छन् । उनले देशव्यापी फैलिएकाे कोरोना संक्रमण सरकारको चरम लापरबाहीको संज्ञा भएको आरोप लगाएका छन् । 

सभापति देउवाले शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा पत्रकार सम्मेलन गर्दै सरकारको असंवेदशीलता र लापरबाहीका कारण उच्चदरमा संक्रमण फैलिएको आरोप लगाए ।

उनले प्रधानमन्त्री ओली अधुर काममा पनि भिडभाड जम्मा गरेर उद्घाटन गर्दै तडकभडकमा मग्न भएको आरोप पनि लगाए । उनले भने ‘अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडकभडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्नुपर्ने स्थितिमा पुगेको छ ।’ 

उनले सरकारसमक्ष तत्काल संक्रमितको उपचारको लागि आईसीयू बेड आवश्यक औषधी उपचार उपलब्ध गराउन माग पनि गरेका छन् ।

यस्ताे छ कोरोना नियन्त्रण र रोकथामका लागि काँग्रेको ११ बुँदे माग : 

press 1.jpg

press 2.jpg

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend