सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

२ शवसहित नेपाली सेनाले भेट्टायो धौलागिरीमा दुर्घटनामा परेको हेलिकप्टर

२ शवसहित नेपाली सेनाले भेट्टायो धौलागिरीमा दुर्घटनामा परेको हेलिकप्टर

काठमाडौं । धौलागिरी हिमाल सफाइका क्रममा नेपाली सेनाले दुई वटा शव र हेलिकोप्टरको पाटपुर्जा भेट्टाएको छ । माउन्टेन हेलिकप्टरमा भ्रमणमा जाने क्रममा दुर्घटना भई उक्त हेलिकप्टर खसेको हुन सक्ने अनुमान गरिएको छ ।

नेपाली सेनाको टोलीले बुधबार धौलागिरी बेस क्याम्प नजिकै हेलिकप्टर र दुई वटा शव भेटाएको हो । हेलिकप्टर र शव फेला परेकाेबारे नेपाली सेनाका प्रवक्ताले ट्वीटमार्फत जानकारी गराएका छन् ।

उक्त शव हेलिकप्टरमा सवार भएका मानिसको हो वा होइन भन्नेबारे भने खुलेको छैन । नेपाली सेनाले अहिले सगरमाथासहित विभिन्न हिमालहरुको सफाइ गरिरहेको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend