शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्ने सीसीएमसीको निर्णय

निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्ने सीसीएमसीको निर्णय

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकले निजी अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको समेत गरेको छ । नाकाबाट आवतजावत जारी रहँदा नेपालमा कोरोना संक्रमण बढेको भन्दै आज बसेको सीसीएमसीको बैठकले सो निर्णय गरेको हो ।

बैठकले बैंक तथा वित्तिय संस्थाहरुले एक चौंथाइ कर्मचारी मात्रै राखेर सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ । त्यस्तै उद्योगहरु संचालन गर्ने भए कर्मचारी र कामदारहरुलाई उद्योग परिसर भित्र नै रहने व्यवस्था गरी संचालन गर्न पनि निर्देशन दिएको छ । 

बैठकले सार्वजनिक निर्माणका सम्पूर्ण कार्य बन्द गर्न पनि निर्देशन दिएको छ । यस्तै देशका एक चौथाइ शहरहरुमा ‘लकडाउन’ गर्ने सीसीएमसीले प्रस्ताव गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend