शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

कर्णालीका मुख्यमन्त्रीद्वारा प्रदेश अस्पतालमा छड्के अनुगमन

कर्णालीका मुख्यमन्त्रीद्वारा प्रदेश अस्पतालमा छड्के अनुगमन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालको छड्के अनुगमन तथा निरीक्षण गरेका छन्। सामाजिक विकास मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश अस्पताल सुर्खेतको अनुगमन गरेका हुन्।

कर्णालीमा पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएपछि उनले अस्पताल पुगेर बिरामीहरूको उपचार अवस्थाबारे जानकारी लिएका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीसहित अस्पताल पुग्नुभएका मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमितहरू रहेको आइसोलेशन वार्डको निरीक्षण गरे । अस्पतालको सेवा तथा बिरामीहरूको अवस्थाको अनुगमन तथा निरीक्षणको क्रममा उनले अस्पताल निर्देशक डा डम्बर खड्का र कोरोना सम्पर्क व्यक्ति डा केएन पौडेलसँग उपचार सेवा प्रभावबारे जानकारी लिए ।

अनुगमनपश्चात अस्पतालका निर्देशक डा खड्कासहित चिकित्सकहरूलाई उपचार सेवा प्रभावकारी बनाउन निर्देशन दिए । कोभिड उपचारका लागि अग्रभागमा रही सेवा गरिरहेका स्वास्थ्यकर्मीहरूका गुनासो एवं समस्याबारे पनि उनले जानकारी लिएका थिए ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले शुक्रबार बेलुका वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतका ३२ वर्षीय महिलाको मृत्यु भएको जनाएको छ । योसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । कर्णाली प्रदेशमा २५३ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै सङ्क्रमित हुनेको सङ्ख्या ९ हजार ३४७ पुगेको निर्देशनालयले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend