मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

गगन थापाले भने: ‘प्रधानमन्त्री ज्यू, अहंकारको धरहराबाट ओर्लनुस्, हामी साथ दिन्छौँ’

गगन थापाले भने: ‘प्रधानमन्त्री ज्यू, अहंकारको धरहराबाट ओर्लनुस्, हामी साथ दिन्छौँ’

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्राथमिकतामा अझै पनि कोरोना महामारी नपरेको भन्दै आपत्ति जनाएका छन्। 

कोरोना संक्रमणको भयावह अवस्थामा मन्त्रालयले ‘हामी सक्दैनौँ’ भनेर हात उठाउनु आपत्तिजनक भएको उनले बताएका छन् । शनिबार बिहान आफ्नो फेसबुक पेजमा उनले लेखेका छन्, ‘कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ, निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन।सबै पक्ष र आम नागरिक सचेत,सतर्क र जिम्मेवार बन्नैपर्छ। तर प्रधानमन्त्रीज्यू यो लडाइमा ‘हामी सक्दैनौँ’ भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने ! आपत्तिजनक छ ।’

अझै पनि उपलब्ध स्रोत साधन र जनशक्तिको सदुपयोग गरेर क्षति न्युनिकरण गर्न सकिने ठाउँ भएको नेता थापाले दावी गरेका छन् । उनले भनेका छन्, ‘कठिन छ, तर अझै हामीसंग उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ। त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ। ‘

त्यस्तै उनले आफूहरु प्रधानमन्त्रीलाई साथ दिन तयार रहेको बताउँदै अहंकारको धरहराबाट प्रधानमन्त्रीलाई ओर्लन आग्रह गरेका छन् । ‘प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौँ, कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्।’- उनले भनेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend