
काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ। पार्टीका पोलिटव्यूरो सदस्य कृष्णप्रसाद धमला (गम्भिर)को नेतृत्वमा नयाँ समूह ‘जन समाजवादी मञ्च’ गठन भएको हो ।
सो समूहले शनिवार विज्ञप्ति जारी गरी गम्भिरको नेतृत्वमा हिमाल,पहाड,तराइ मधेश सबैका प्रतिनिधित्व सहित ५१ सदस्यीय जन समाजवादी मञ्च नेपालको स्थापना गरिएको जनाएको छ ।
‘आन्दोलनले नेतृत्वलाई उचाइमा पुर्यायाउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं। तीनै नेतृत्वले आफूलाई देवत्वकरण गरी क्रान्तिलाई विसर्जन गर्ने प्रबृत्ति हावी छ’, विज्ञप्तिमा भनिएको छ।
विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएको र बाँकी अधुरो क्रान्ति सम्पन्न गर्न नयाँ पार्टी गठन गरेको विज्ञप्तिमा उल्लेख छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend