सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

निको भएर घर फर्केका मदनकृष्ण भन्छन्, ‘कोरोनालाई खेलाँची नगर्नुस्’

निको भएर घर फर्केका मदनकृष्ण भन्छन्, ‘कोरोनालाई खेलाँची नगर्नुस्’

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रणमा परेपछि अस्पताल पुगेका अभिनेता मदनतकृष्ण श्रेष्ठ ८ दिनको अस्पताल बसाइपछि कोरोना निको भएर घर फर्किएका छन् ।

घर फर्किएपछि सामाजिक संजाल फेसबुकमा एक भिडियो सन्देश जारी गरी श्रेष्ठले कोरोना भाइरसलाई खेलाँची नगर्न सुझाव दिएका छन् । श्रेष्ठले यो भाइरस सोचेभन्दा ज्यादै खतरनाक भएको भन्दै आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन् ।

फेसबुकमार्फत जारी सन्देशमा उनले अहिलेको कोरोना निकै कडा रहेको र यसले आफूलाई गालेको बताउँदै संवेदनशिल भैदिन आग्रह गरेका हुन् । उनले मास्कको अनिवार्य प्रयोग गर्न र साबुनपानीले हात धुनसमेत भनेका छन् ।

आफ्नो परिवारका पाँचैजना सदस्य कोरोनाले थलिएकाले हेरचाहमा कठिन भएको बताउँदै निको भएकोमा भाग्यमानी महसुस गरेको बताए । साथै उनले आफूलाई स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन् ।

महामारीको बेला एकआपसमा सहयोग गर्न आग्रह गर्दैै मदनकृष्णले सरकारले तोकेका जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend