शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

सरकारले त्रास फैलाएकाे वर्षमान पुनकाे आराेप 

सरकारले त्रास फैलाएकाे वर्षमान पुनकाे आराेप 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको बताएका छन्।

उनले कोरोना रोकथाम तथा न्यूनिकरणमा नलागेर सरकार गम्भीर लापरबाही गरेको पनि बताए। सरकारले नै लापरबाही गरेर भीड जम्मा गरेको र पछि सक्दिन भनेर हात उठाउनु गैरजिम्मेवार भएको उनको भनाइ छ।

सरकारले उक्त कुरा तुरुन्तै सच्याएर जनताको चेकजाँच र स्वास्थ्य उपचारमा ध्यान पुर्‍याउनु पर्ने उनले बताए।

उनले भने, ‘आफै लापरबाही गरेर, हजारौँ हजारको मास जम्मा गरेर, सुरुमा सम्भावित जोखिमको लागि तयारी पनि नगर्ने सरकार, जोखिम बढेपछि म सक्दिनँ भनेर हात उठाउने असाध्यै गैरजिम्मेवार कुरा हो। यसरी सरकार, राज्य केहीपनि चल्न सक्दैन। यो कुरालाई तुरुन्त सच्याउनुपर्छ र जिम्मेवारीपूर्वक जनताको स्वास्थ्य उपचार, चेकजाँच, परिक्षणका कुराहरुलाई ध्यान दिनुपर्छ।’

नेता पुनले कोरोना संक्रमण नियन्त्रणका लागि निजी अस्पतालसँग समन्वय गर्नुपर्ने र थप आइसोलेसन सेन्टरका लागि विभिन्न सार्वजनिक ठाउँहरुमा युद्धस्तरको काम थाल्नुपर्ने पनि बताए।

सरकारले अन्य राजनीतिक दलहरु र आम जनतालाई परिचालन गर्न नसकी जनतालाई जर्बजस्त मृत्युको मुखमा धकेल्ने प्रयत्न गरको भन्दै कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन प्रधानमन्त्रीसँग माग पनि गरेका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend