मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरूद्धको अविश्वास प्रस्ताव आज पेश हुने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरूद्धको अविश्वास प्रस्ताव आज पेश हुने

काठमाडौं । लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो बैठकमा आज मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची रहेको छ । 

मुख्यमन्त्री पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। यद्यपी, मुख्यमन्त्री पोखरेलले आफूविरुद्ध हस्ताक्षर गरेका जसपाका चार सांसद मन्त्री बनाइसकेका छन् ।

तर, जसपाले उनीहरूलाई कारवाही गरेको जनाएको छ। तर उक्त कारवाही पनि विवादमा परेको छ। जसपामा बाबुराम भट्टराई र उपेन्द्र यादव एकातिर महन्थ ठाकुर र राजेन्द्र महतो अर्कोतिर हुँदा पार्टी निर्णय विवादित बनेको हो । 

प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सदस्य छन्। लुम्बिनी प्रदेशमा सरकार सञ्चालनका लागि ४४ जना सांसद आवश्यक पर्छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend