सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

भारतीय कारभित्र मृत फेला परेका दाङका बालकहरुको पहिचान खुल्यो

भारतीय कारभित्र मृत फेला परेका दाङका बालकहरुको पहिचान खुल्यो

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय कारमा मृत भेटिएका बालकहरुको पहिचान खुलेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार मृत भेटिएका तीनै जना बालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरूवा गाउँका हुन्। 

सिंहका अनुसार कारभित्र मृत भेटिएका स्थानीय किरण परियारका ६ वर्षीय छोरा करण परियार तथा स्थानीय सन्तोष परियारका ७ वर्षीय छोरा सुवास भनिने सुवर्ण परियार र सोही ठाउँका स्थानीय भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दिप परियार हुन्।

मृतकमध्ये दुई  दाजुभाइका छोरा रहेको खुलेको छ। शवलाई परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ। शवको परीक्षण कहाँ गर्ने भन्ने यकिन भइसकेको छैन।

अभिभावकहरूले आफ्ना छोराहरू वैशाख १६ गतेदेखि हराइरहेको बताएका छन्। उनीहरूले १७ गते प्रहरी कार्यालयमा छोराहरू खोजिदिन निवेदन पनि दिएका थिए।

तुलसीपुर उपमहानगरपालिका–६ मा लक गरी राखिएको आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा ती बालकहरु शनिबार मृत भेटिएका थिए ।

प्रहरी अनुसन्धानकालागि गाडी मालिक यादव गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको छ ।

प्रनाउ सिंहका अनुसार सोही स्थानमा अर्को गाडी पार्किङ गर्न राख्ने क्रममा शव गन्हाएको थाहा पाएपछि हेर्दा मृत बालक रहेको पाइएको हो  ।  

पार्किङमा राखेको कार भित्र तीन बालक मृत फेला

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend