शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ । लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भएको जानकारी दिएको हो। 

संविधान बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई नै प्रदेशको मन्त्रिपरिषद् कार्यभार सञ्चालन गर्न तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उनीविरुद्धको अविश्वास प्रस्ताव आइतबार प्रदेश सभामा पेश हुन लागेको छ ।

विपक्षी दलले ६ वैशाखमा अविश्वास प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री पोखरेलले जसपाका चार जना सांसदलाई मन्त्री नियुक्त गरेका थिए । मन्त्री नियुक्त भएका चारै सांसदलाई जसपाले कारबाही गरेको छ भने उनीहरूको सांसद पद खारेज भइसकेको छ ।

उनले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन् । प्रदेश सभाको बैठक आज दिउसो १ बजे बस्ने तय भएको थियो ।

rajinama swikrit.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend