
काठमाडाैं । लुम्बिनी प्रदेश सांसद विमला वली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् । ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ ।
दाङबाट प्रदेशसभा ३ (ख) बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दा एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो ।
यता नेकपा एमालेले भने लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । एमालेले एकल वहुमतको सरकार गठन गर्ने र आजै सपथ खुवाउने योजनासहितको दावी प्रस्तुत गरेको छ ।
लुम्बिनी प्रदेश सभाको आइतबारबाट शुरु हुन लागेको विशेष अधिवेशनअघि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेशको राजनीतिमा हलचल आएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend