शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

एमाले स्थायी कमिटी बैठकपछि राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा

एमाले स्थायी कमिटी बैठकपछि राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । स्थायी कमिटीको बैठक सकिए लगतै प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेको स्रोतले बताएकाे छ ।

लुम्बिनी प्रदेशसहित केन्द्रमा राजनीतिक हलचल चलिरहेको बेला ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् । 

आइतबार नै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेललाई नै नयाँ मुख्यमन्त्री बनाउने निर्णय पनि नेकपा एमालेले गरेको छ ।

तर, नेकपा एमालेकी सांसद विमला वली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि शंकर पोखरेलको बहुमत फेरि गुमेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend