सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

लुम्बिनी प्रदेश : एमाले सांसद पाण्डेको राजीनामा, २ सांसदले छाडे मुख्यमन्त्रीको साथ

लुम्बिनी प्रदेश : एमाले सांसद पाण्डेको राजीनामा, २ सांसदले छाडे मुख्यमन्त्रीको साथ

काठमाडौं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् ।

यसअघि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वली माओवादी केन्द्रमा गएको घोषणा गरेकी थिइन् ।

यस्तै सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका दुई सांसदले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका छन् । कपिलवस्तु–२ (२) का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (२) का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडेका हुन् ।

 धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend