
काठमाडौं । लुम्बिनी प्रदेशमा जारी राजनीतिक उतारचढावप्रति कांग्रेस नेतृ डा. डिला संग्राैला टिप्पणी गरेकी छन् । उनले पदीय स्वार्थका कारण संविधानकाे धज्जी उडाएकाे पनि आराेप लगाएकी छन् ।
आजकाे घटनाक्रमले ‘ओली गुरु, पाेखरेल चेला दुवैकाे मिलेमताेमा लाेकतान्त्रकाे उपहास’ भएकाे भनी उल्लेख गरेकी छन् ।
सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘लुम्बिनी प्रदेशका मुख्य मन्त्रीका पदीय स्वार्थमा प्रदेश प्रमुख समेत मुछिएर नेपालको संविधान २०७२ र त्यससँग सम्बन्धित भएर बनेका ऐन नियमहरुको समेत धज्जी उडाउने काम भयो ।’
उनले संघ र प्रदेशमा उस्तै-उस्तै प्रवृत्ती देखिएकाे पनि उल्लेख गरेकी छन् । उनले अब संविधान रक्षाका लागि जनता जाग्नुकाे विकल्प नभएकाे पनि बताएकी छन् ।
‘मुख्यमन्त्री पोखरेलको पुनः नियुक्ति घोर अलोकतान्त्रिक छ । यो बालुवाको घर भत्केझैँ भत्किने वाला छ । एक रात पनि टिक्न नसक्ने षड्यन्त्र ओली र शंकर पोखरेल दुबैले गरे । ओली गुरु, शंकर चेला दुवैको मिलोमतोमा लोकत्रन्त्रको उपहास । के नेपाली जनताले टुलुटुलु हेर्लान र ?’ उनले लेखेकी छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend