logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण

    कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण

    5.3K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोभिड १९ संक्रमण पुष्टी भएको छ । 

    प्रवक्ता शर्माले ट्वीटरमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । ज्वरो र जीउ दुखाइ बढेपछि उनले आइतबार बेलुकी स्टार हस्पिटलमा स्वाब परीक्षण गराएका थिए । सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको र आफू घरमै आइशोलेसनमा बसेको जानकारी दिएका छन् ।

    उनले आफूमा कोरोना संक्रमण पुष्टी भएसँगै टेकुमा कार्यरत डा। मित्र अनुप बास्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको जानकारी दिएका छन् । प्रवक्ता शर्माले सबैलाई सजग बनौं भन्दै सन्देश समेत दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend