शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

काेराेना संक्रमण राेक्न हालसम्म ४२ जिल्लामा निषेधाज्ञा 

काेराेना संक्रमण राेक्न हालसम्म ४२ जिल्लामा निषेधाज्ञा 

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकभरका ४२ जिल्लामा निषेधाज्ञा भएको छ । ४२ मध्ये ११ जिल्लामा आंशिक निषेधाज्ञा लागु भएको छ भने ३१ जिल्ला पूर्ण निषेधाज्ञा गरिएकाे छ ।

निषेधाज्ञा लागु भइरहँदा नेपालमा दिनप्रतिदिन काेराेना संक्रमित भने तीव्र गतिमा बढीरहेका छन् ।

सरकारले पहाडी क्षेत्रमा २०० सक्रिय संक्रमित तथा शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित पुगेमा निषाधाज्ञा गर्न सक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएकाे छ । हालसम्म ४२ जिल्लामा निषेधाज्ञा लागू भएकाे गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार काठमाण्डौ, भक्तपुर, ललितपुर, बाँके, सुर्खेत, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रूपन्देही, बागलुङ, दार्चुला, बर्दीया, बझाङ, बैतडी, सल्यान, सुनसरी, धनुषा, माेरङ, काभ्रे, गाेरखा, बाजुरा, मकवानपुर, कालिकाेट, रामेछाप, ताप्लेजुङ, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्यूठान, उदयपुर, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, दैलेख, कास्कीमा निषेधाज्ञा लागू भएकाे छ ।

कपिलवस्तु, धादिङ, नुवाकोट र धनुषामा मंगलबार बिहानदेखि निषेधाज्ञा लागू हुने गृहमन्त्रालयले जनाएको छ । बाग्लुङ, दार्चुला, मोरङ, काभ्रे, गोरखा, बाजुरा, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा ठाउँ तोकेर आंशिक निषेधाज्ञा लगाइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend