
काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।
सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बस्न लागेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले बैठक डाकेको हो।
प्रधानमन्त्री ओलीले आइतबार बसेको मन्त्रिपरिषद बैठकमा वैशाख २७ गते विश्वासको मत लिने जानकारी गराएका थिए।
बैठक दिउँसो २ बजे बस्ने बताइएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend