
चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा नारायणकली नामको हात्तीले छावा जन्माएकी छिन् ।
आइतबार राति नारायणकलीले छावाको जन्माएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । सुत्केरी हात्ती र भाले बच्चा स्वस्थ स्फूर्त रहेको अधिकारीले बताए ।
नारायणीकलीले यसअघि माडी गज र लक्की गज नामका दुइ हात्तीलाई जन्माइसकेकी छिन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend