
काठमाडाैं । सरकारले नेपाल–भारत हुने केहीबाहेक सबै अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक उडान सोमबार मध्यरातिबाट र भारतका सीमित उडानबाहेक अरु अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते रातिबाट बन्द गर्ने निर्णय गरेको हो ।
आपत्कालीन उद्धार तथा हेलिकप्टर चार्टरमा भने अनुमति दिइने बताइएकाे छ ।
केही सञ्चारमाध्यममा सबै अन्तर्राष्ट्रिय उडान २३ गतेबाट बन्द भन्ने समाचार आएकाे भए पनि नेपाल–भारत हुने केही उडान भने नराेकिने र सातामा २ दिनमात्र हुने सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend