
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार मन्त्रिपषिद्को बैठक बोलाएका छन् । आइतबार पनि मन्त्रिपरिषद्काे बैठक बसेकाे थियाे ।
साेमबार अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो ।
कोरोना महामारी नियन्त्रणमा भइरहेको काम र आगामी रणनीतिबारे मन्त्रालयगत समीक्षा हुने अनुमान गरिएकाे छ । यद्यपी बैठककाे एजेण्डाबारे भने पूर्व जानकारी गराइएकाे छैन ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफरिस गर्ने, आन्तरिक हवाई उडान बन्द गर्ने र राष्ट्रिय जनगणना स्थगित गर्ने लगायतका निर्णयहरु गरेको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend