सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

१ केजी ४०० ग्राम अवैध सुनसहित पाँचजना पक्राउ

१ केजी ४०० ग्राम अवैध सुनसहित पाँचजना पक्राउ

काठमाडौं।  १ केजी ४०० ग्राम अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँचजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा गुल्मीका जनक खड्का, प्यूठानका यमलाल खनाल, कास्कीका राजु विक, नुवाकोटका धनबहादुर तामाङ र सुमित तामाङ रहेका छन् ।

महानगरीय अपराध महाशाखा र विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।

उनीहरूले साउन्ड बक्सहरूमा सुन राखेर विभिन्न फ्लाइटहरूबाट नेपाल भित्र्याउन खोजेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरू भरिया मात्र रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend