
काठमाडौं। नेकपा एमालेकी सांसद गङ्गा चौधरीले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएकि छिन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा कार्यालय सचिव शेरबहादुर तामाङले म्यासेन्जरबाट सोधेको स्पष्टीकरणको जवाफ चौधरीले भाइवरबाट दिएकि हुन्।
जवाफमा सांसद चौधरीले स्पष्टीकरण पत्रमा उल्लेख भएजस्तो कुनै पार्टीविरोधी गतिविधि नगरेको र आगामी दिनमा पनि पार्टी हितविपरित कुनै पनि क्रियाकलाप नगर्ने बताएकी छिन्। ‘जनताको बहुदलीय जनवाद र नेकपा एमालेको पक्षमा चट्टानी अडान राख्दै आएको इमान्दार कार्यकर्ता हुँ। मेरो धारणा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्रीसंगको भेटमा स्पस्ट गरेकी छु।’ जवाफमा उनले भनेकी छिन्।
पार्टीको मुलधारमा रही जनताको बहुदलीय जनवाद र नेकपा एमालेको हित र सुदृढीकरणमा आफ्नो सम्पूर्ण क्षमता लगाउने प्रण गर्दै आफूलाई कारवाही गर्नुपर्ने कुनै आधार र कारण नरहेको उनले उल्लेख गरेकी छिन्।
चौधरीसहित सांसदहरु कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधिएको थियो। खातुन र हुसेनले पनि स्पष्टीकरणको जवाफ दिईसकेका छन्।
यसअघि पनि पार्टी वरिष्ठ नेता माधवकुमार नेपालसहित उनि पक्षीय २७ सांसदलाई अध्यक्ष ओलीले स्पष्टीकरण सोधेका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend