सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

विवाहको २७ वर्षपछि माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्ध विच्छेद

विवाहको २७ वर्षपछि माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्ध विच्छेद

काठमाडौं । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स सम्बन्ध विच्छेद गर्ने निर्णय पुगेका छन्।

बिल गेट्सले आफूहरुको २७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको सामाजिक सन्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन्। 

उनले लेखेका छन्, ‘धेरै सोचविचार गरेर हामीले आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं।’ ‘फाउन्डेसनमा सँगै काम गर्ने क्रम भने जारी राख्छौं।’

बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकको अन्तिमतिर भएको थियो, जतिबेला मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा जागिर सुरु गरेकी थिइन् । उनीहरुका तीन सन्तान छन् ।

दुवै मिलेर बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन चलाउँदै आएका छन्।  यद्यपी उनीहरुले के कारणले सम्बन्ध विच्छेद गर्न लागेको हो भनेर खुलाएका छैनन्। 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend