logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • संसद बैठक अघिको रणनीति तय गर्न माओवादीकाे स्थायी कमिटी र कांग्रेसकाे पदाधिकारी बैठक

    संसद बैठक अघिको रणनीति तय गर्न माओवादीकाे स्थायी कमिटी र कांग्रेसकाे पदाधिकारी बैठक

    3.5K
    Shares

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते संसदमा विश्वासको मत लिनको लागि संसद बैठक बोलाएपछि मंगलबार त्यसबारे रणनीति तय गर्न माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ भने कांग्रेसले पनि पदाधिकारी बैठक बाेलाएकाे छ । 

    माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिस डाँडामा दिउँसाे तीन बजेकाे लागि बाेलाइएकाे बताइएकाे छ । माओवादी केन्द्रकाे स्थायी समितिको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने एक नेताले बताए ।

    यस्तै, कांग्रेस पदाधिकारीकाे बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा २ बजेपछि बस्नेछ । बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको अवस्थामा कांग्रेसले लिनुपर्ने रणनीतिबारे छलफल हुने बताइएकाे छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend