काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अनिश्चितकालका लागि स्थगित भएको छ ।
बायो बबलमा रहेका खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण हुने क्रम बढेपछि यस्तो निर्णय लिइएको हाे ।
आईपीएलका प्रमुख बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँग भनेका छन् ‘कोरोना सङ्क्रमण हुने क्रम बढेपछि लिग अनिश्चितकालका लागि स्थगित गरिएको हो ।’