शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

प्रधानमन्त्रीलाई असफल गराउने कांग्रेसकाे निर्णय, माओवादीले समर्थन फिर्ता लिने

प्रधानमन्त्रीलाई असफल गराउने कांग्रेसकाे निर्णय, माओवादीले समर्थन फिर्ता लिने

काठमाडाैं । नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक र नपाली कांग्रेसकाे पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई असफल बनाउने निष्कर्ष निकालेका छन् ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेकाे माओवादी केन्द्रकाे स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । माओवादीले संसदलाई भोलि विश्वासको मत नभएको भन्दै पत्र लेख्ने तयारी गरेको छ ।

यस्तै, देउवा निवास बुढानिलकण्ठमा बसेकाे कांग्रेस पदाधिकारीकाे बैठकले ओली विश्वासको मत लिन संसदमा आउँदा असफल गराउने निर्णय गरेको बैठकपछि पत्रकारसँग कुरा गर्दै सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend