सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

चाेर बाटाेबाट अध्यादेश ल्याइनुले सरकारकाे सर्वसत्तावादी चरित्र उदांगाे भएकाे कांग्रेस नेतृ संग्राैलाकाे टिप्पणी 

चाेर बाटाेबाट अध्यादेश ल्याइनुले सरकारकाे सर्वसत्तावादी चरित्र उदांगाे भएकाे कांग्रेस नेतृ संग्राैलाकाे टिप्पणी 

काठमाडाैं । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्राैलाले चाेर बाटाेबाट अध्यादेश ल्याइनुले सरकारकाे सर्वसत्तावादी चरित्र उदांगाे भएकाे भनी टिप्पणी गरेकी छन् । 

मंगलबार सामाजिक सञ्जालमार्फत डा. ‍संग्राैलाले संसदीय मूल्य र मान्यता विपरितको यस्तो कदमलाई नेपाली कांग्रेसले कहिल्यै पनि स्वीकार नगर्ने प्रष्ट पारेकी छन् ।

संग्राैलाले संसदमा विश्वासको मत लिने घोषणा गरि सकेपछि आधा दर्जन बढी अध्यादेश जारी गर्न लगाएर ओली सरकारले राष्ट्रपतिको पदीय गरिमाको धज्जी उडाएको आराेप पनि लगाएकी छन् । उनले आज जारी भएका सम्पूर्ण अध्यादेशहरु तुरुन्त फिर्ता गरी संसदको बजेट सत्रमा विधेयकका रूपमा पेश गर्न माग पनि गरेकी छन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छन् :

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विवादित संवैधानिक परिषदसम्बन्धी अध्यादेशसहित सात वटा अध्यादेश जारी गरेकी छन् । चलिरहेको प्रतिनिधि सभालाई हठात् बन्द गराएर चोर बाटोबाट सात, सात ओटा अध्यादेश ल्याउने कामले सरकारको सर्वसत्तावादी चरित्र एक पटक फेरि सबै सामु उदांगिएको छ ।

त्यसमा पनि विवादित संवैधानिक परिषदसम्बन्धी अध्यादेशलाई तेस्रो पटक फेरि जारी गरिएको छ । संसदीय मूल्य र मान्यता विपरितको यस्तो कदमलाई नेपाली कांग्रेसले कहिल्यै पनि स्वीकार्न सक्दैन । संसदमा विश्वासको मत लिने घोषणा गरिसकेपछि आधा दर्जन बढी अध्यादेश जारी गर्न लगाएर ओली सरकारले राष्ट्रपतिको पदीय गरिमाको पनि धज्जी उडाएको छ ।  म यी सम्पूर्ण अध्यादेशहरु तुरुन्त फिर्ता गरी संसदको बजेट सत्रमा विधेयकका रूपमा पेश गर्न माग गर्दछु ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend