शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

मौसम: अझै दुई दिन चट्याङ तथा हावाहुरीसहित वर्षा

मौसम: अझै दुई दिन चट्याङ तथा हावाहुरीसहित वर्षा

काठमाडौं ।  सुदूरपश्चिम प्रदेशका केही स्थानहरुसहित अहिले प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो मौसममा देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

अहिले देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू–भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्पयुक्त हावाको प्रभाव रहेको छ ।

बिहीबरा र शुक्रबार पनि देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend