logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रतिनिधि सभाका सांसदहरूको कोरोना परीक्षण गरिँदै

    प्रतिनिधि सभाका सांसदहरूको कोरोना परीक्षण गरिँदै

    2.3K
    Shares

    काठमाडौं । आज प्रतिनिधिसभाका सांसदहरूको कोरोना परीक्षण हुने भएको छ । 

    आउँदो बैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भोलि सभामुखसहित सांसदको कोरोना परीक्षण गर्न लागिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

    सचिवालयका अनुसार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा आज बिहान १० देखि अपराह्न ५ बजेसम्म पीसीआर परीक्षण गरिने छ । 

    यस्तै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिलासँग आबद्ध पत्रकार, स्वकीय सचिवालयका कर्मचारी, ट्राफिक, बम डिस्पोज र जाँच गर्ने सुरक्षाकर्मी र अन्य सम्बन्धित व्यक्तिको कोभिड–१९ को पीसीआर परीक्षण भोली गर्ने तयारी छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend