मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

अपडेटः चितवनमा १७ घण्टा भित्रै ८ जना कोरोना संक्रमितको मृत्यु

अपडेटः चितवनमा १७ घण्टा भित्रै ८ जना कोरोना संक्रमितको मृत्यु

चितवनमा पछिल्लो १७ घण्टामा ८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा चार जना र चितवन मेडिकल कलेजमा चार जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा आज (बुधबार) विहान ५ः३५ बजेको समयमा भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । यही वैशाख १७ गते अस्पताल भर्ना भएका ती पुरुषको २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । आइसीयूमा उपचारको क्रममा ती पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा.युवानिधि बस्यौलाले जानकारी दिए ।

यस्तै मगलबार राति ८ः४५ बजेको समयमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ का ४३ वर्षीय पुरुषको मृत्यु भएको छ । हेटौंडामै संक्रमण पुष्टि भएका ती पुरुष वैशाख १५ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए । यस्तै मंगलबार दिउँसो ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका–४ का ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख २ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई ५ गते संक्रमण पुष्टि भएको थियो । त्यस्तै मंगलबार दिउँसो ३ः४५ बजेको समयमा बुटवल उपमहानगरपालिका–११ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १८ गते संक्रमण पुष्टि भएका ती पुरुष २० गते साँझ अस्पताल भर्ना भएका थिए ।

भरतपुर अस्पतालमा आज विहानसम्ममा ९६ जना कोरोना संक्रमित उपचाररत छन् । जसमध्ये ७ जना आइसीयूमा छन् । पछिल्लो २४ घण्टामा १६ जना संक्रमित भर्ना भएका छन् भने ११ जना डिस्चार्ज भएका छन् ।

यस्तै चितवन मेडिकल कलेजमा चार जना संक्रमितको मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालले जानकारी दिए । रुपन्देहीका दुई जना, नवलपुरको गैंडाकोटका र अर्घाखाँचीका एक÷एक जनाको मृत्यु भएको लम्सालले जानकारी दिए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend