logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • कोभिड संक्रमणबाट नागरिक जोगिने गरि काम अघि बढाउन सरकारसँग फेकाेफनकाे अपिल

    कोभिड संक्रमणबाट नागरिक जोगिने गरि काम अघि बढाउन सरकारसँग फेकाेफनकाे अपिल

    2.5K
    Shares

    काठमाडाैं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संक्रमणबाट आम नागरिक जोगिने गरि काम अघि बढाउन सरकारसँग अपिल गरेको छ ।

    कोभिड संक्रमण रोकथाम र नियन्त्रणमा आफ्नो तर्फबाट पनि विभिन्न गतिविधि गर्दै आएको महासंघले कोरोनाबाट नागरिकको संरक्षण र सुरक्षा प्रति संवेदनशील हुन र नागरिकले पाउने सेवा उपचारका लागि अस्पताल, स्वास्थ्यकर्मी, वेड, एम्बुलेन्स, औषधी उपचारको आवश्यक प्रबन्ध मिलाउन तीनै तहका सरकारसंग आग्रह गरेको हो ।

    महासंघकी अध्यक्ष भारती पाठकद्वारा जारी विज्ञप्तिमा संक्रमण फैलिन नदिन र रोकथाम गर्न सावधानी, सचेतना र जनस्वास्थ्यको मापदण्डहरुलाई जिम्मेवार भएर पालना गर्न पनि आम उपभोक्तालाई अपिल गरिएकाे छ ।

    यस्ताे छ सरकारसँग महासंघले गरेकाे आग्रह :

    १. नागरिकको संरक्षण र सुरक्षा प्रति संवेदनशील हुन र नागरिकले पाउने सेवा उपचारका लागि अस्पताल, स्वास्थ्यकर्मी, वेड, एम्बुलेन्स, औषधी उपचारको आवश्यक प्रबन्ध मिलाउन तिनै तहको सरकारसंग अनुरोध गर्दछौँ ।

    २ संघदेखि स्थानीय समुदायसम्म काम गर्ने महासंघ तथा नागरिक समाजसंग समन्वय गरी नागरिक समाज र समुदाय परिचालनमा बिशेष जोड दिई कार्य अगाडी बढाउन हुन सरकारसंग अनुरोध गर्दछौँ ।

    ३. बिहान बेलुका श्रम गरेर खाने किसान, उपभोक्ताहरुले संरक्षण गरेको वन पैदावार उपभोगमा लगाइएको रोकावाट तत्काल खुल्ला गरी देशभरी रहेका सामुदायिक वन उपभोक्ता समूहहरुलाई कानुनमा व्यवस्था भएको स्वायत्त अधिकारको सम्मान गर्दै वन पैदावार उपभोगमा सहजता र वनमा आधारित साना उद्यम संचालन र रोजगारी सृजना गर्ने व्यवस्था गरियोस् ।

    ४. कार्ययोजनाको अवधि सकिएर कामलाइ निरन्तरता दिन नसकिएको सामुदायिक वन उपभोक्ता समहलाइ यो कोभिड १९ महामारीको समयमा वन व्यवस्थापनदेखि गरिब विपन्नको जिविकोपार्जनसँग सम्वन्धित कायक्रम सञ्चालन गरी कार्य अगाडी बढाउन र पुरानै कार्ययोजनाको आधारमा कार्य अगाडी बढाउन सरकारले ठोस निर्णय गरी वन व्यवस्थापनको काममा सहजता ल्याउन वातावरण बनाइयोस् ।

    साथै महासंघले देशभरीका सामुदायिक वन उपभोक्ता समूहहरु र महासंघका सबै संरचनाहरुको भूमिका प्रभावकारी कार्यान्वयनको लागि सरकारले गरेको आव्हान पालना गरी गाउँ–गाउँमा सचेतना अभिवृद्धि गर्न आग्रह गरेकाे छ ।

    महासंघले काेराेना संक्रमण बढ्दै गइ अप्ठ्यारो अवस्था सृजना हुने सम्भावना भएमा स्वास्थ्य सुरक्षाको सामाग्री खाद्यान्नहरु गरिब विपन्न समुदायलाई स्थानीय सरकारसँग समन्वय गरी उपलब्ध गराउन, सामुदायिक वन उपभोक्ता समूहले क्वारेन्टाइनको लागि व्यवस्था गरिएको १४०० सामुदायिक वनको भवनहरुमा सम्बन्धित निकायसँग परामर्श गरी स्थानीय फर्निचर लगायतका आवश्यक सामाग्री व्यवस्थापन गरी तयारी अवस्थामा राख्न र यसको जानकारी स्थानीय सरकार र प्रशासनलाई गराउन पनि सुझाव दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend