शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

देउवा भेट्न प्रधानमन्त्री ओली बूढानीलकण्ठ

देउवा भेट्न प्रधानमन्त्री ओली बूढानीलकण्ठ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका छन् । उनी एमालेका अन्य केही नेताहरुका साथ देउवा निवास गएका हुन् । 

संसद्मा विश्वासको मत लिन आगामी २७ गतेको मिति तय गरेका प्रधानमन्त्री ओली देउवा भेट्न गएका हुन् । अहिले उनीहरुबीच छलफल भइरहेकाे छ ।

नेपाली कांग्रेसले यसअघि प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत नदिने निर्णय गरेकाे थियाे । माओवादी केन्द्रले आज संसदमा सरकारको समर्थन फिर्ता लिएपछि ओलीले आफ्नो सत्ता जोगाउन बुढानिलकण्ठ पुगेको पनि अनुमान लगाइएकाे छ ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend