
काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो र उनका श्रीमान पूर्वमन्त्री रघुवीर महासेठलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्री महतोले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएकी हुन्।
उनले आफू चिकित्सकको निगरानीमा रहेको अनि आत्मविश्वास र मनोबल उच्च भएको उल्लेख गरेकी छन्। त्यस्तै उनले आफू केही दिनमा निको भएर काममा फर्किने विश्वास पनि व्यक्त गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘छिट्टै नै पुर्ण स्वस्थ भएर आफ्नो नियमित कार्यमा फर्किनेछु। दशौं औला जोडेर सबैलाई विनम्र आग्रह छ – सजग बनौं !’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend