मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिकलाई ‘अलर्ट’ रहन जंगी अड्डाको निर्देशन

अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिकलाई ‘अलर्ट’ रहन जंगी अड्डाको निर्देशन

काठमाडौं । कोरोना महामारी नियन्त्रणमा थप सक्रिय हुने तयारीमा रहेको सेनाको जंगी अड्डाले ०७२ यता अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिकलाई ‘अलर्ट’ रहन निर्देशन दिएको छ । सेनासँग ६ वर्षको अवधिमा अवकाश पाएका करिब तीन सय ५० स्वास्थ्यकर्मी सैनिक रहेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । 

सरकारले महामारी नियन्त्रणको अभिभारा सेनालाई दिन सक्ने संकेत पाएपछि सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा प्रिन्सिपल स्टाफ अफिसर्स ९पिएसओज्० बैठक बसेको थियो । त्यही बैठकले ०७२ यता अवकाश पाएका भूतपूर्व स्वास्थ्यकर्मी सैनिकलाई महामारी नियन्त्रणमा खटाउने निर्णय गरेको थियो । निर्णयलगत्तै सेनाले भूतपूर्व सैनिक स्वास्थ्यकर्मीलाई अलर्ट रहन निर्देशन दिएको थियो । जंगी अड्डाले बुधबार विज्ञप्ति जारी गर्दै निर्णय सार्वजनिक गरेको हो । 

सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले भने ‘कोरोना संक्रमणको दर बढ्दै गएको छ । महामारी नियन्त्रण गर्ने अभिभारा सेनामा आउन सक्ने अवस्था देखियो । त्यसैले अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिकलाई तयारी अवस्थामा रहन भनेका छौँ ।’

सैनिक प्रवक्ता पौडेलले भने, ‘सेना कहिले पनि रिटायर्ड हुँदैन भनिन्छ । त्यहीअनुसार अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिकलाई परिचालन गर्न लागेका हौँ । करिब २३ सयजति बहालवाला स्वास्थ्यकर्मी र साढे तीन सय अवकाशप्राप्त सैनिक सँगसँगै महामारी नियन्त्रणका लागि फिल्डमा खटिनेछन् ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend