
काठमाडौं । चीनले अनुदान स्वरुप दिनलागेको २० हजार अक्सिजन सिलिण्डरमध्ये पहिलो लट एकसाता भित्र ल्याउने सरकारले तयारी थालेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्ययोजनामा वैशाख ३१ गतेभित्र पहिलो लट अक्सिजन सिलिण्डर ल्याउने उल्लेख गरेको छ ।
कार्ययोजनामा भनिएको छ, ‘चीन सरकारबाट अनुदान स्वरुप प्राप्त हुने २० हजार अक्सिजन सिलिण्डरमध्ये ढुवानी लगायतका सम्पूर्ण तयारी पूरा गरी पहिलो लट ल्याइने छ।’ तर पहिलो लटमा कति संख्यामा सिलिण्डर ल्याउने भन्ने बारे कार्य योजनामा उल्लेख छैन । यो कामको जिम्मा अर्थ र परराष्ट्र मन्त्रालयलाई दिइएको छ । यसको समन्वय गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई भनिएको छ ।
नेपालमा कोरोना संक्रमणको दोस्रो लहरसँगै अक्सिजन अभाव भएपछि चीनले अनुदान स्वरुप २० हजार अक्सिजन सिलिण्डर उपलब्ध गराउने घोषणा गरेको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend