
दाङ। लुम्बिनी प्रदेशमा जेठ १७ गते राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन हुने भएको छ।
राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काको पद रिक्त भएपछि उपनिर्वाचन गर्न लागिएको हो।
खड्का माओवादी केन्द्र त्याग गर्दै नेकपा एमाले प्रवेश गरेका थिए। उनलाई माओवादी केन्द्रले कारवाही गरेपछि पद रिक्त भएको थियो।
जेठ १७ गते बिहान ९ देखि अपरान्ह ३ बजेसम्म मतदानका लागि समय दिइएको निर्वाचन आयोगले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend