
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
बिहान १० बजेका लागि बाेलाइएकाे स्थायी कमिटी बैठक सकेर उनी राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् । राष्ट्रपतिसँग पछिल्लो राजनीतिक घटनाक्रम र संभावित कदमबारे परामर्श हुने बुझिएकाे छ ।
बालुवाटार बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा वैशाख २७ गते लिने विश्वासको मत, राष्ट्रियसभा उपनिर्वाचन र विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो ।
संसद्बाट विश्वासको मत नपाउने लगभग निश्चित भएकोले ओलीले फेरि अर्को कदम चाल्ने अनुमान राजनीतिक वृत्तमा हुन थालेकाे छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend