मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि २७ गते मतदान हुने 

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि २७ गते मतदान हुने 

पोखरा,  गण्डकी प्रदेशको प्रदेशसभा बैठक २७ गते बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ ।
 
कार्यव्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकमा सभामुखले २७ गते बैठक राख्ने प्रस्ताव  गरेका हुन् । सत्तारुढ नेकपा एमालेले २८ र विपक्षी दलहरुले २६ गते नै बैठक बस्नुपर्ने बताएपछि सभामुखले २७ गते प्रस्ताव गरेका हुन् । त्यसमा दलहरु सहमत भएका छन् ।

१५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूची रहेकोमा तर राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भए । सांसद शाहीको अनुपस्थितिको कारण देखाउँदै सभामुख नेत्रनाथ अधिकारीले बुधबार एक्कासि सदन स्थगन गरेका थिए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend