सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

थप ९ हजार ७० जनामा कोरोना संक्रमण, ५४ जनाकाे मृत्यु 

थप ९ हजार ७० जनामा कोरोना संक्रमण, ५४ जनाकाे मृत्यु 

काठमाडाैं ।  नेपालमा गत २४ घण्टामा थप ९ हजार ७० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यही अवधिमा ५४ जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयका अनुसार बिहीबार पीसीआर विधिबाट २० हजार ३६७ जनामा परीक्षण गर्दा  ८९७० र एन्टिजेन विधिबाट परीक्षण गर्दा १०० जनामा संक्रमण पुष्टि भएको हो । 

देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुनेको कुल संख्या २ लाख ९२ हजार ४९० पुगेको छ । पछिल्लो २४ घण्टामा २७०७ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । 

नेपालमा हालसम्म ३ हजार ५२९ जनकाे काेभिड संक्रमणकाे कारण मृत्यु भएकाे छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend