शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

कोरोनाको उपचारमा बढी शुल्क लिने अस्पताललाई कारवाही हुन्छ : उपप्रधानमन्त्री पोखरेल

कोरोनाको उपचारमा बढी शुल्क लिने अस्पताललाई कारवाही हुन्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडाैं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही हुने बताएका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीवार सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेकोभन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पताल कारवाही भागिदार हुने स्पष्ट गरे ।

‘निजी अस्पतालमा सरकारले तोकेको दस्तुरअनुसार नै उपचार हुनुपर्छ, त्योभन्दा फरक भएको भन्ने सूचना पाएका छौंं,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘काठमाडौंका विभिन्न नामका अस्पतालले मनपरी ढंगले रकम लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले चेतावनी दिइसकेको छ, यदि त्यस्तो भेटिए कारवाही हुन्छ ।’

सरकारी अस्पतालमा सबै कोरोना संक्रमितको निःशुल्क उपचारको व्यवस्था गरिएको समेत उनले जानकारी  दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend